कैलालीको गदोवरी २ मा अस्थायी गौशाला निर्माण गरी हस्तान्तरण

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा अस्थायी गौशाला निर्माण गरि हस्तान्तरण गरिएको छ । गोदावरी नगरपालिका बसोवास गर्दै आइरहेका युवा समाजसेवी व्यक्ति हरी भट्टराईको पहल तथा लोक राज ओझा (एल आर) को संयोजकत्वमा लगायत सामाजिक व्यक्तिहरूको सहयोगमा निर्माण गरिएको अस्थाई गौशाला हस्तान्तरण गरेको हो । शनिबार एक औपचारिक कार्यक्रम गरी स्थापना भएको अस्थाई गौशाला समाजसेवी व्यक्तिहरूले गोदावरी नगरपालिका वडा नं २ लाई हस्तान्तरण गरेका हुन् ।

४० हजारको लगानी मा स्थापना गरेको उक्त अस्थाई गौशाला हस्तान्तरण कार्यक्रम मा प्रमुख अतिथि गोदावरी वडा नं २ का वडा सदस्य डबल बहादुर साउदलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै कांग्रेसका समाजसेबी युवा नेता लोकराज पाण्डेय(आगो) ले अहिले अस्थाई रुपमा हस्तान्तरण गरे पनि यो गौशाला स्थायी रूपमा रही रहोस् भन्ने उनले बताए । उनले समाजसेबी व्यक्ति हरि भट्टराई पहलमा लगायत सामाजिक व्यक्तिहरूको सहयोगमा अस्थाई रूपमा हस्तान्तरण गरेको गौशालालाई गोदावरीमा नमूनाको स्थायी गौशाला बनाउनलाई गोदावरी नगरपालिकाले विशेष पहल गरोस् भनेर आग्रह उनले गरेका थिए ।

उनले यो गाई ब्यवस्थापन सामान्य कुरा हैन् जुन गाईको गहुँतले हाम्रो बच्चाहरु शुद्ध लगायत देखि मरण उपरान्त पनि ययसको महत्व धेरै रहेको उनले बताए । त्यो गहुँतले हिन्दू मान्छे मरेपछि छड्कीदा आत्मा सन्तुष्टि हुन्छ र त्यही गहुँतले मृत्यु पश्चात गर्ने क्रियाबाट क्रिया बस्ने वालाले त्यो गहुँतबाट शुद्धता हुने उनले बताए । त्यो गाई जलाई हामीले माता भनेका छौ ।

नेपालको राष्ट्रिय जनावरको रुपमा गाई लाई लिने गरेको समेत उनले बताए । राज्यले समेत गाईलाई राष्ट्रिय जनावरको रुपमा लिएको उनले बताए । अहिले गाई प्रत्येक दिन सयौं गाई कैलाली, कञ्चनपुरमा सडक दुर्घटनामा मरेका छन् यसको बारेमा कसैले चासो दिन नसकेको कुरो उनले औल्याय ।

 

उनले कार्यक्रममा भने,‘म आग्रह गर्न चाहन्छु यो हस्तानतरण गरिएको गौशाला स्थायी रूपमा होस्, यो गौशाला यस्तो होस् जाहाँ मानिसहरु आफ्ना पृतहरुको सराध्य गर्न यो गौशालामा आउन’ उनले अगाडी भने गाईको दूध मात्रै हैन गोबर लैजान पनि यो गौशालामा आउनु पर्ने बताए । उनले गौशाला स्थापना गरेका ती समाजसेबी व्यक्तिहरूलाई आग्रह गर्न चाहन्छु यो अभियानले आजको यस स्थापना भएको गौशालामा मानिसहरू गोबर लैजान, गहुँत लैजान आउन तथा प्रशोधनहरुको समेत अभियान चलाउन उनले आग्रह गरेका छन् ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.