अत्तरिया- कैलालीको गोदावरी नगरपलिका वडा नं. २ मा रहेको अपी सैपाल वचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार औपचारिक कार्यक्रमका बीच संस्थाको १३ औं वार्षिक साधारण सम्पन्न भएको हो ।




संस्थाका अध्यक्ष ललित रोकायाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका नगर प्रमुख वीरेन्द्र भट्ट रहेका थिए । प्रमुख अतिथि भट्टले २०१६ सालमा नेपालमा सहकारी संस्था सुरुवात भएको समाजमा ठूलो टेवा पुगाएको आभास भएको बताए । उनले सहकारी संस्थाहरुले सहज रूपमा आम सदस्यहरुलाई न्युन ब्याजदरमा ऋण उपलब्ध गराएर सहजीकरण गर्दै आइरहेको र सुलभ ब्याजमा ऋणको कारण अहिलेको समयमा शेयर सदस्यहरुको सामाजिक, आर्थिक, सांस्कृतिक लगायत जीवनस्तर उकास्न एकदमै सहज यस्ता संस्थाहरुले गरेको बताए ।








कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोसाध्यक्ष भरतबहादुर खत्रीले आर्थिक वर्ष २०७८/०७९ मसान्त सम्ममा संस्था ले ८ करोड ९२ लाख ३१ हजार बराबरको आर्थिक कारोबार गरेको बताए । उनले उक्त आर्थिक कारोबार बाट १३ लाख ९६ हजार ५सय १० रकम खुद नाफा आर्जन गर्न सफल भएको बताए । यसैगरी संस्थाले यस आर्थिक वर्षमा बचत तर्फ ६ करोड ५८ लाख ९५ हजार ६ सय रकम बराबरको निक्षेप संकलन गरेको र ७ करोड ४० लाख रकम बराबरको को ऋण लगानी गरेको कोसाध्यक्ष खत्रीले बताए । साथै जगेडा कोस मा यस वर्ष ६३ लाख ९१ हजार ८ सय ८१ रुपैयाँ रहेको बताए ।
साथै सानो पूँजी बाट स्थापना भएको यस सहकारी संस्था ले आम नागरिक तथा शेयर सदस्यहरुलाई महत्वपूणर् भूमिका निर्वाह गर्दै आइरहेको यस संस्था को कुल शेयर पूँजि स्थापना भए देखि २०७९ मसान्त हाल सम्म १ करोड ५६ लाख १५ हजार ३ सय रुपैयाँ पुगेको छ ।
संस्थाले साधारण सभाको अवसर पारी संस्था मा आबद्ध शेयर सदस्य हरुलाई उत्कृस्ट बचतकर्ता, उत्कृष्ट जेष्ठ नागरिक लगायत विभिन्न विधामा प्रशंसा पत्र प्रदान गरेको थियो ।




