कैलालीको गोदावरीमा बाहृ राषी मकर मेलाको शुभारम्भ

अत्तरिया- कैलालीको स्थायी राजधानी गोदावरी नगरपालिकामा बाह्र राषी दर्शन मकर मेलाको सु्भारम्भ भएको छ । पश्चिम नेपालको प्रख्यात धार्मिक क्षेत्र कैलालीको गोदावरी धाममा बाह्र राषी दर्शन मकर मेलाको शुभारम्भ गरिएको हो । गोदावरी धाममा एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका प्रमुख देबराज जोशीले उदघाटन गरेका हुन ।

कार्यक्रममा प्रदेशका नब नियुक्त मन्त्री सन्तोष शर्मा, प्रदेश सांसदहरु प्रकाश बम, तुल्सी देबकोटा,जानकी पौडेल, खिमादेबी बिष्ट, गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्ट , उपप्रमुख शारदा देबी रोकाया, स्वामी देबराज आचार्य १००८ लगाइतको सहभागीता रहेको छ । मकर मेला भोलि देखि १२ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

मकर मेला को सबै तयारी पूरा भएको मुल आयोजक समितिका संयोजक पदमराज जोशीले बताए । मकर मेलाको को लागि कुम्भ बाटिका, स्नान कुन्ड, बाटोघाटो निर्माण लगायतका संरचनाहरु बनेका छन् ।

मकर मेलाको लागि नै गोदावरीमा स्थानीय बजार समेत लाग्न शुरु भएको छ । मकर मेलाको समयमा १२ दिन सम्म आ-आफ्नो राषिको ग्रह पुजा, ग्रह शान्ति र अन्य पुजा गर्न सकिने आयोजकले जनाएको छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.