दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्राध्यापक र विद्यार्थीलाई अत्तरिया हस्पिटलले विशेष छुट दिने

अत्तरिया– कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्राध्यापक र विद्यार्थीले अत्तरियामा रहेको अत्तरिया हस्पिटलको स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् । बिहीबार स्वास्थ्य सेवामा छुट दिने सम्झौताबारे अत्तरिया हस्पिटल र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबिच सम्झौता भएको हो ।

ओपीडी, ल्याब जाँच, अप्रेशन, आइसियु क्याबिन इन्डोस्कोपी, लगायत सेवामा क्याम्पसका प्राध्यापक र विद्यार्थीले १० देखि ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने हस्पिटलले जनाएको छ । उक्त सेवा लिन बिद्यार्थी र प्राध्यापकले आफ्नो परिचय पत्र अनिवार्य देखाउनु पर्ने हस्पिटल जनाएको छ ।

Loading...