धनगढी– सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयन हुन सकेका छैनन् । सभामुखको निर्वाचनका लागी पुस २८ गते मिति तोकिए अनुसार बिहीबार निर्वाचन भएको थियो ।
निर्वाचनमा सत्ता गठबन्धनबाट सभामुखका उमेदवार बनेका माओवादी नेता भिम भण्डारीलाई एक मत कम पुगेको छ । बिहीवार भएको निर्वाचनमा भण्डारीले २७ मत पाएका हुन तर एक मत बदर भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सभामुखमा भण्डारीको पक्षमा २७ मत आउँदा अर्का उम्मेदवार काँग्रेसका मानबहादुर रावलको पक्षमा २३ मत आएको थियो । प्रदेश सभामा ५३ जना सदस्य रहेको भए पनि ५० मत खसेको थियो ।
नेकपा एमालेका चक्र मल्ल निर्धारित समयमा प्रदेश सभा भित्र पस्न सकेनन् भने नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी प्रदेश सभामा उपस्थित नै भएनन् ।
