कैलालीको गोदावरी नगरपालिकामा प्याब्सन फेस्टिबल हुने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा प्याब्सन फेस्टिवल हुने भएको छ । प्याब्सन गोदावरी नगर कमिटी अत्तरिया कैलालीले बिहीबार पत्रकार सम्मेलन गरी उक्त खेल हुने भएको जानकारी दिएको छ । उक्त खेल यही माघ २ गते देखि सुरु भई ९ गते समापन हुने कार्यक्रम तय गरिएको हो ।

गोदावरी प्याब्सनको सचिवालयमा पत्रकार सम्मेलन आयोजना गर्दै गोदावरी नगर कमिटी प्याबसनका अध्यक्ष श्याम बहादुर खत्रीले एक साता भित्रै सम्पन्न गरिने प्याब्सन फेस्टिवल खेलमा गोदावरी नगरपालीका क्षेत्र भित्र रहेका २० ओटा निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरुको सहभागी रहने जानकारी दिए ।

प्याब्सन फेस्टिबल गर्नुको मुख्य कारण मैतिपूणर् व्यवहारमा आउनका लागि र बिद्यार्थी जीवनलाई एउटा पढाईमा मात्र निर्धारित नगरेर उनिहरुलाई खेल जीवनमा लग्नुका साथै उनिहरुमा लुकेको अन्तरहित क्षमतालाई कम्मुनिटीक रुपमा मार्केटमा ल्याउनुपर्छ भन्ने हुतेका लागि यो कार्यक्रम गर्न लागेको उनले बताए ।

यो कार्यक्रम गर्नको लागि सम्पूणर् अभिभावक, समाजसेवी, व्यापारीबर्ग, वुद्धिजीवि लगायत सम्पूर्णलाई आमन्त्रण गर्न चाहेको उनले बताए । उद्घाटन सत्रमा अत्तरिया चोक देखि ३ हजार देखि ४ हजारको संख्यामा विद्यार्थीहरुलाई र्‍यालिमा समाहित गरेर झाँकीका साथ उद्घाटन शर्तलाई संचालन गर्ने बताए ।

उद्घाटन सत्रमा पहिलो गेमको रुपमा फुटबल गेम प्रदर्शन गर्ने कार्यक्रम रहेको र त्यसपछि ३ गतेबाट नियमित रुपमा गेमहरु संचालन गरिने ३० गते टाईसिट निकालेर त्यसै अन्तरगत रहेर गेमहरु संचालन गरिने उनले बताए ।

यस फेस्टिबलमा विभिन्न ३ वटा विधा अन्तरगत २६ वटा खेल प्रतिस्पर्धाका रुपमा लैजाने जसअन्तरगत शैक्षिनक क्रियाकलाप अन्तर्गत ८ वटा विधामा विद्यार्थीहरुलाई प्रतिषपर्धा गराउने एथेलस्ट अन्तर्गत १० विधामा बच्चाहरुलाई प्रतिस्पर्धा गराउने, आउटडोर गेम फुटबलहरु, टिम मेनेजमेन्ट गेमहरुमा फुटबल, भलिबल, क्रिकेट, कवर्डि साना प्रिप्राइमरीका बच्चाहरुलाई पनि समेटि म्युजिकल चियर, चकलेट रेस, म्याथमाटिक रसहरुलाई यसमा समावेश गरिएको अध्यक्ष खत्रीले बताए ।

उक्त गेमहरु चौकिडाँडा महिला सामुदायिक भित्र रहेका दुई वटा लेमन ग्रास र चौकिडाँमा महिला सामुदायिक अफिसको छेउमा रहेको २ वटा खेल मैदानलाई पनि प्रयोग गर्ने खत्रीले बताए । अर्को खेल मैदान भनेको चौकिडाँडा नजिक रहेको तर सामुदायिक वन संग सम्बन्ध भएको कनकौवा फिल्डलाई पनि प्रयोग गरी ४ ओटा खेल मैदानमा खेलाईने व्यवस्था मिलाइएको उनले बताए । गेमलाई तीन तहमा विभाजन गरी प्रतिस्पर्धा गराउने आयोजकले जनाएको छ । उक्त फेस्टिवलको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टद्वारा हुने आयोजकले जनाएको छ ।

Loading...