धनगढी- नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत चयन भएका छन् । बुधबारदेखि सुरु भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, महिलामा गिता कुँवर र समावेशीमा जगत खडका सर्वसम्मत चयन भएका हुन ।
प्रदेश समितिको महासचिवमा हरिश भट्ट, सचिव खुल्लामा राजेन्द्रबहादुर रोकाया, महिलामा बन्दना बम र समावेशीमा भिमबहादुर चौधरी चयन भएका छन् भने कोषाध्यक्षमा विरबहादुर गडाल चयन भएका छन् ।
