सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन् । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरि २९ सांसदको समर्थनसहित उनले बुधबार अपरान्ह मुख्यमन्त्रीमा दाबी पेसगरेसँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

रावललाई प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को २ बमोजिम बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

Bhancha ghar0

सुदूरपश्चिम प्रदेशसभाका ५३ जना सदस्यमध्ये २९ जना सांसदको हस्ताक्षर सहित रावलले बुधवार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । सुदूरपश्चिममा बहुमतका लागि २७ सिट आवश्यक पर्छ ।

रावललाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एकजना प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार एमालेले मुख्यमन्त्री दावी गर्दा सभामुख माओवादीको भाग परेको छ ।

माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन् । नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् । यहाँ प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई/दुई वर्ष गर्ने सहमति भएको छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.