चुरे गाउँपालिकाले बाढीपिडीतहरुको लगत संकलन कार्य गर्‍यो

प्रकाशबहादुर बोहरा
अत्तरिया- कैलालीको चुरे गाउँपालिकाले चुरे का वडा नं.१ देखि ६ नं.वडामा रहेका बाढीपिडीत घर परिवारहरुलाई वडा नं. ४ को पनेरूगडा, टांकगडामा बसि रहेका बाडीपिडीतहरूको लगत विवरण संकलन कार्य गरेको छ ।

Ganyapdhura gau

उक्त कार्यक्रममा चुरे गाउँपालिकाकी उपाध्यक्ष तथा छानवीन समिति संयोजक धना देवी थापाले चुरे गाउँपालिकाका ६ वटै वडाका बाढीपीडितहरू पनेरूगडा र टाँकगडामा बस्दै आएका छन् । वास्तविक पिडीत हुन कि हैनन् भनी छानवीन गर्नको लागि छानबिन समिति गठन गरिएको थियो । चुनावका कारण मंगलबार पनेरूगडा देखि सुरू गरिएको छानवीन समिति आज बुधबार टांकगडामा गरिएको हो ।

Navadurga sun

चुरे गाउँपालिका जम्मा ६ वटा वडाहरु रहेका छन् । त्यसमध्ये वडा नं.६ को बाढीपिडीत गजार, गौजना, गेडरेका बाढीपिडीत हुन्।

Dadhaldhura pur

यसैगरी वडा नं. ५ को गुडी, पटेनी लगायत अन्य ठाउँमा भएको बाढीपिडीतहरु पनेरुगडामा आएको बताइन् । यसैगरी वडा नं.४, ३, २ बाट लगायत सबै वडाका बाढीपिडीतहरु आएर पनेरुगडामा आइ बसेको बताइन् ।
वास्तविक पिडीत हुनलाई सम्वन्धित वडाको सिफारिसका साथै प्रहरी मुचुल्का बनाएको भए उनिहरुलाई बाढीपिडीतका रूपमा लिईने थापाले बताईन ।

त्यस्तै वडा नं.४ का वडा अध्यक्ष चन्द्र बहादुर लामिछाने मगरले सो कार्यक्रममा बोल्दै हामीले अनुगमन गर्दै जाँदा ६ वटै वडाका बाढीपीडित पनेरूगडा र टांकगडामा बस्दै आएका छन् । ‘कतिले नबुझेरै आएका, कसैले प्रहरी मुचुल्का, वडाको सिफारिस नै नभएका, कसैलाई समयमै जानकारी नभएको भन्ने गुनासो आएको छ ।’ उनले भने, ‘केही चुरे गाउँपालिका भन्दा बाहिरबाट पनि आएको भन्ने गुनासो आएको छ ।’ यसलाई हामी तुरुन्त छानवीन समितिले छानबिन गरी निष्कर्षमा पुर्‍याउने अध्यक्ष लामिछाने मगरले बताए ।

त्यस्तै संघर्ष सिमितका अध्यक्ष तथा स्थानीयवासी टीकाराम कार्कीले हाम्रो यस पनेरुगडामा २०७७ साल साउन १५ गतेको विस्तावि रेकर्ड अनुसार २११ घर धुरी सिफारिस भई आएको अहिले त्यस भन्दा पनि अझ बढी आएर छानविन समितिमा नामा टिपाएर राखेका छन् । वनले १५ दिनेको सूचना समेत जारी गरी सकेको र अब १० दिन मात्र बाँकी रहेको बताए । साथै यसमा छानवीन समिति र सरकारले बास्तविक बडीपितलाई छनौट गरी दिन हुन अनुरोध समेत गरेका छन् ।

त्यस्तै त्यहाँका स्थानीयहरुको एक आवज के थियो भने यहाँ आउँदै नआएका पनि छानवीन समिति आएको बखत आएको बताउँदै बास्ताविक बाढीपिडीतहरु छानवीनमा परुन भन्ने जोरदार माग उनिहरुको रहेको छ ।

उक्त छानवीनमा ६ वटै वडाका वडा अध्यक्षहरुको सहभागित रहेका थिए । सहभागि हुनेहरुमा १ नं.का वडा अध्यक्ष डम्मर सिंह, २ का केशब बहादुर साउद, ३ का खगेन्द्र खडायत, ४ का चन्द्र बहादुर लामिछाने मगर, ५ का वीर ब धामी, ६ का प्रेम बहादुर साउद लगायतको सहभागित रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...