सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी पुरा, प्रदेश प्रमुखले उद्घाटन गर्ने

धनगढी– कैलालीको अत्तरिया भोलिदेखि सुरु हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी पुरा भएको छ । आयोजक अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । महोत्सवको भोलि दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने भएका छन् ।
Ganyapdhura gau
Navadurga sun
Godawari sandesh
सातौँ संस्करणको महोत्सवको तयारी गरिरहेको आयोजक उद्योग वाँणीज्य संघले यस पटक महोत्सवमा १५० ओटा स्टल रहने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उद्योग वाँणीज्य संघका संस्थापक अध्यक्ष वसन्त रोकायाले महोत्सव सम्पन्न गर्न सहयोग गर्न सम्पूर्णलाई आग्रह गरे ।
Dadeldhura hospital
अत्तरिया उद्योग वाँणीज्य संघका अध्यक्ष एवम् महोत्सवका संयोजक अशोकराज देवकोटाले महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय एवम् चर्चित कलाकारहरूको प्रस्तुति, लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू, विभिन्न प्रकारका झाँकीका साथै नृत्यहरू रहेको बताए ।
महोत्सबमा बिधार्थीको लागी ५० र सर्बसाधारणको लागी ८० रुपैयाँ टिकट कायम गरिएको छ । सातौँ संस्करणको महोत्सबले यस क्षेत्रको पर्यटनमा बिकास पुग्ने आयोजकले विश्वास लिएको छ ।
Couple
Loading...