Satyawati
Division ban Pahalmanpur

जीवनज्योती र प्रगति सहकारी बीच एकीकरण सम्बन्धी संयुक्त प्रारम्भिक भेला सम्पन्न

Purbadhar dadeldhura

अत्तरिया- कैलाली गोदावरी नगरपालिकामा रहेका दुई सहकारी एकीकरण हुने भएका छन् । सोमबार दुई सहकारी संस्था बीच संयुक्त प्रारम्भिक भेला सम्पन्न भएका छन् ।

गोदावरी नगरपालिका वडा नं. २ तेघरिमा रहेको जीवनज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र गोदावरी नगरपालिका वडा नं. १२ ओलानीमा रहेको प्रगति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण हुने भएको हो ।

एकीकरण संयुक्त प्रारम्भिकमा सम्झौता अनुसार जीवनज्योति महिला विकास वहुउद्देश्यीय सहकारी संस्था की अध्यक्ष पुनम कार्की र प्रगती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष डम्मरी जैगडी बीच एकीकरण गर्ने सम्झौता भएको छ ।

सोमबार भएको सम्झौता कार्यक्रममा संस्थाकी अध्यक्ष पुनम कार्कीले दुवै सहकारी जीवनज्योति र प्रगति महिला विकास वहुउद्देश्यीय सहकारी संस्थाको एकीकरण हुनको मुख्य उद्देश्य एजेण्डाहरू प्रस्तुत गर्दै उनले रणनीति प्रक्रियाद्वारा संस्थाको कार्य विस्तारका लागि शेयर सदस्यहरुलाई गुणात्मक सेवा प्रदान गर्ने बताइन । साथै सहकारी संस्थाहरुको आवश्यक भन्दा बढी संख्या घटाउन दोहोरो सदस्यता नियन्त्रण तथा फजुल संचालनका खर्च कटौती र बहुदेश्यीय कार्य गर्न सहज हुने उनले बताइन ।

Malpot office dadeldhura

सदस्यहरुलाई दोहोरो ऋणको चपेटाबाट जोगाउन लागि शेयर सदस्यहरुमा उद्यमशीलता विकास गरी व्यवसायीमुखी बनाउनको लागि ठूलो स्थान को उत्पादन तथा बजार ब्यवस्थापन जोड दिई शेयर सदस्यहरुलाई आर्थिक क्षमता तिर अघि बढाउन पर्ने बताईन् ।

त्यस्तै कार्यक्रममा प्रगति सहकारी संस्था की व्यवस्थापक संगीता बड़ेला भन्छन । ‘सहकारी एकिकरण हुँदा हामी एकदमै खुसी छौ ।’ गोदावरी नगरपालिका ओलानि ठाउँ कैलाली जिल्ला सुगम भए पनि यो ओलानी दुर्गम क्षेत्र जस्तो भएको उनको भनाई रहेको छ । ‘अहिले च्याउ उम्रे जस्तै सहकारीहरु संचालनमा आइरहेका छन’, उनले भनिन् । ‘सहकारीहरु व्यवस्थित हुन आवश्यक भएको छ ।’ उनले दुई सहकारी बीच भएको एकताले दोहोरो सदस्यता चुनौतीहरू बढ्दै गइ संस्था डगमगाउने हो की भन्ने डर रहेको बताईन् ।

त्यस्तै दुई सहकारी संस्थाहरुको आर्थिक बर्ष २०७९ मंसिर सम्ममा प्रतिवेदन विवरण अनुसार २०५९ साल मा कञ्चनपुर जिल्लाको डिभिजन सहकारी कार्यालयमा दर्ता भई सञ्चालनमा आएको जीवन ज्योति महिला विकास बहुउद्देश्यीय सहकारी हो । यसको हाल सम्म कुल शेयर पूंजी २ करोड २२ लाख ६ हजार ३ सय रहेको छ । यस संस्थामा जम्मा शेयर सदस्य संख्या २ हजार ७ सय ४७ जना रहेका छन् ।

त्यसैगरी २०५८ सालमा जिल्ला डिभिजन कार्यालय कैलालीमा दर्ता भई संचालनमा आएको प्रगति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था हो । यसको शेयर पूँजी ७९ लाख ६५ हजार ७ सय रहेको छ । जम्मा १ हजार १३ जना शेयर सदस्यहरू रहेका छन । महिला विकास बहुउद्देश्यीय सहकारी संस्था की अध्यक्ष पुनम कार्कीको सभापतित्वमा सम्पन्न भएको संयुक्त प्रारम्भिक भेला कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेकी थिईन ।

कार्यक्रमको विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका नगर उपप्रमुख शारदा रोकाया थिईन । त्यस्तै कार्यक्रममा गोदावरी नगपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी, सुदूरपश्चिम प्रदेश रजिस्टार कार्यालय प्रशिक्षण देवराज पन्त लगायतको सहभागिता रहेको थियो ।

Dadeldhura Aspatal & Ban
Loading...