जानकी गाउँपालिकाको एघारौं गाउँसभा सुरु

धनगढी– कैलालीको जानकी गाउँपालिकाको एघारौं गाउँसभा सुरु भएको छ । शिक्षा, स्वास्थ्य, कृषि र वातावरण मैत्री पूर्वधार,पहिचान सहितको जानकी गाउँपालिका विकासको मुल आधार भन्ने मुल नाराका साथ सोमवार देखि एघारौं गाउँसभा सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा सुरु भएको एघारौं गाउँसभामा गाउँपालिका उपाध्यक्ष लालमती देवी कठरिया, प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्ट, गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्ष, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । सोमबार प्रस्तुत भएका कार्यविधीहरु अध्ययनका लागि सभाका सदस्यलाई वितरण गरिएको छ ।

आगामी पुस २८ गते पुनः बस्ने गाउँसभाबाट कार्यविधी पारित गरिनेछ । ऐन, कानुनको संशोधन, नयाँ कानुन पारित, थप बजेट विनियोजन, आवश्यकता अनुसार योजनाको नाम परिवर्तन जस्ता विषयमा गाउँसभा केन्द्रित हुने अध्यक्ष चौधरीले संघीय न्युजलाई बताउनु भएको छ ।

चालु आ.व. २०७९/८० मा कुल बजेट ७० करोड ३० लाख १५ हजारमा दोस्रो त्रैमासिक सम्म २० करोड ८४ लाख ५ हजार ६ सय ८३ रुपैपाँ ४४ पैशा निकासा भएको छ । जस मध्ये चालु खर्च तर्फ २८.३५ प्रतिसत र पुजिँगत तर्फ १३ प्रतिसत गरि कुल बजेट तर्फ २३ प्रतिसत बजेट खर्च भएको बताइएको छ ।

गाउँसभा आगामी पुस २८ गते बिहान ११ बजेका लागि बोलाइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर विष्टले जानकारी दिनु भएको छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.