सुदूरपश्चिम प्रदेशबाट औद्योगिक युगको सुरु भयो : मन्त्री भट्ट

अत्तरिया- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन् । आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुदुरपश्चिम प्रदेशमा धमाधम औद्योगिक क्षेत्र सञ्चालनमा आउने बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउने जानकारी दिदै उद्योगमन्त्री भट्टले ‘सुखी नेपाल समृद्ध नेपाल’ को नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको बताए ।

Navadurga sun

९ अर्बको लागतमा ५ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको भट्टले भनाई रहेको छ । कैलालीको हरैयामा साढे ३ सय बिगाहा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाहको अध्ययन प्रतिवेदनको काम अगाडी बढी सकेको जानकारी दिँदै यस क्षेत्रका खानीहरूको पहिचान गरेर उत्खनन अन्वेषण गर्ने कार्य सुरु भएको बताए ।

निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमकै मेडिकल विश्वविद्यालयको रूपमा बिकास गर्न लागिएको मन्त्री भट्टले बताए । गेटा मेडिकल गलेजले सुदूरपश्चिमको मात्रै नभएर देशकै मेडिकल क्षेत्रमा योगदान पुर्‍याउने भएकाले विश्वविद्यालयको रूपमा बिकास लागिएको उनले बताए । मन्त्री भट्टले तोकिएकै समयमा निर्वाचन हुने दाबी गरे ।

ADD Khali jpg
ADD Khali jpg
Loading...