महिला राष्ट्रिय क्रिकेट : विन्दुको कप्तानीमा सुदूरपश्चिम टोली घोषणा

बैतडी- प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

Ganyapdhura gau

टोलीको उपकप्तानमा कविता कुँवर र अन्य सदस्यमा रुबी पोदार, शोभा रोकाया, कविता जोशी, रितु कनौजिया, डली भट्ट, ईश्वरी विष्ट, स्नेहा महरा, सम्झना खड्का, यशोदा विष्ट, मनिषा चौधरी, रेवती धामी र रविना साउद छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै लक्ष्मी साउद, अनु खडायत, राधिका पुजारा र लक्ष्मी खड्का वैकल्पिक खेलाडीका छनोट भएका छन्। टिम व्यवस्थापनमा माया रावत साउद र प्रशिक्षकमा जानकी भट्टलाई जिम्मेवारी दिइएको छ।

पुस १८ देखि २३ गतेसम्म कैलालीमा सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा प्रदेशको टोली घोषणा गरिएको हो ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रधानमन्त्री कप महिला टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुँदैछ। सुदूरपश्चिमको पहिलो खेल पुस २९ गते बागमती प्रदेशसँग छ।

 

Couple
Loading...