काठमाडौँ– नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९८१ पुगेको छ।
