दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता

दार्चुला- दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन्। व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएको स्थानीयले बताएका छन्।

Dadeldhura hospital

तुइनबाट खसेर बालक बेपत्ता भएको खबर आएको र यसबारे थप बुझ्ने प्रयास गरिरहेको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए।

Navadurga sun
Godawari sandesh

स्थानीयका अनुसार नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन्।

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि-पछि गएका दिपेन्द्र तुइनबाट नदीमा खसेका थिए। व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण शनिबार मात्रै घटना बाहिरिएको हो।

 

Loading...