दार्चुला- दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन्। व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएको स्थानीयले बताएका छन्।
तुइनबाट खसेर बालक बेपत्ता भएको खबर आएको र यसबारे थप बुझ्ने प्रयास गरिरहेको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए।
स्थानीयका अनुसार नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन्।
बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि-पछि गएका दिपेन्द्र तुइनबाट नदीमा खसेका थिए। व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण शनिबार मात्रै घटना बाहिरिएको हो।
