जिल्ला समन्वय समिति कैलालीका प्रमुखको निधन

Bhancha ghar0

धनगढी- जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधन भएको छ। मृगौला रोगबाट पीडित प्रमुख कलेलको उपचारका क्रममा शनिबार काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि कलेल दुई साता अघि उपचारका लागि काठमाण्डौं गएका थिए।

उनको शनिबार दिउँसो १ बजे उपचारकै क्रममा बिर अस्पतालमा निधन भएको हो। नेपाली काँग्रेसका नेता समेत रहेका कलेल तत्कालीन सत्तारुढ गठबन्धनको समर्थन जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए। उनी गौरीगंगा नगरपालिकाका स्थायी बासिन्दा हुन्।

 

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.