दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुला- दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको व्याँस गाउँपालिका-५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा व्याँस गाउँपालिका २ हिकिलाका ४३ वर्षीय लोकेन्द्रसिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले बताए।

म १ त १११८ नम्बरको ट्याक्टरका साहु समेत रहेका बडाल आँफैले चलाउँदा शुक्रबार राति दुर्घटनामा परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर सडकबाट करीब एक सय मिटर तल खसेको थियो। घटनाको विस्तृत जानकारीका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटिएको प्रहरी निरीक्षक भण्डारीले बताए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...