पालिकाका उजुरी बढी

दार्चुला- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दार्चुलाका ८० वटा उजुरी परेका छन् । जसमध्ये स्थानीय तहका मात्र ३३ उजुरी रहेको आयोगको कार्यालय महेन्द्रनगरले जनाएको छ । आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी नारायणप्रसाद ढकालका अनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पुस पहिलो हप्तासम्म दार्चुलाबाट ८० उजुरी दर्ता भएको बताए । स्थानीय तहका मात्रै ३३ उजुरी परेका छन् ।

कार्यालयले गत आवका ३ वटा र चालु आवका ५ वटा उजुरी फर्छ्योट गरेको उनले बताए । दार्चुलाबाट सबैभन्दा बढी १० उजुरी मालिकार्जुन गाउँपालिकाका अख्तियारमा छन् ।  लेकम गाउँपालिकाका ८ उजुरी, महाकाली नगरपालिकाका ३, शैल्यशिखर नगरपालिकाका ३, नौगाड गाउँपालिकाका २, अपी हिमाल गाउँपालिकाका ४, दुहु गाउँपालिकाका ३ र मार्मा गाउँपालिकाका १ उजुरी दर्ता भएका छन् । जिल्लाको ब्यास गाउँपालिकाको चालु आर्थिक वर्षमा १ उजुरी परेकामा उजुरी फर्छ्योट भएको सूचना अधिकारी ढकालले बताए ।

Navadurga sun

स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत इस्टमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्नेरनगराउने विषयमा उजुरी छन् । त्यस्तै, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने

जस्ता प्रवृत्तिले उजुरी बढी रहेको आयोगको कार्यालयले जनाएको छ । आयोगको कार्यालय महेन्द्रनगरले सदरमुकाम खलंगामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ विषयक जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रम उक्त जानकारी दिएको हो । भ्रष्टाचार रोक्न आयोगले विभिन्न जिल्लामा प्रवर्द्धनात्मक कार्यक्रम गर्न थालेपछि उजुरी गर्ने संख्या बढेको समेत आयोगका सूचना अधिकारी ढकालले बताएका छन् ।

तथ्यगत उजुरी आए आयोगलाई छानबिन गर्न सजिलो हुने भएकाले सम्बन्धित निकाय सबैले भ्रष्टाचार रोक्न जागरुक बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिए । स्थानीय तहका बारेमा बढी उजुरी आए पनि उजुरी फर्छ्योट गर्न स्थानीय तहकै कारण असजिलो भइरहेको अख्तियारका कर्मचारीहरूले बताएका छन । उजुरी फर्छ्योट गर्न भने ढिलाइ भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...