प्रकाशबहादुर बोहरा




अत्तरिया- कैलालीको चौमालामा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालयले मृत्यु दावीको रकम हस्तान्तरण गरेको छ ।







चौमालाको केन्द्र नं ४ को सदस्य स्व.जय कला देवी खत्रीका श्रीमान तारानाथ खत्रीलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको चौमाला शाखाले मृत्यु दावीको रकम हस्तान्तरण गरेको हो ।

चौमाला शाखाबाट स्व.खत्रीले २०७८ साल मंसिर २० गते १ लाख कर्जा लिनु भएको थियो । कर्जा बिमा गरे अनुसार कर्जाको डबल र कृया खर्च गरी जम्मा २ लाख २० हजार रुपैया यस संस्थाको शाखा कार्यालय चौमालाका कार्यालय प्रमुख गोमती जोराले संस्थाका प्रदेश प्रमुख रमेश कुमार चौधरीको उपस्थितिका साथै समूहका अन्य सदस्य र कर्मचारीको उपस्थितिमा स्व. जयकला देवी खत्रीको नाममा रहेको कर्जा रकम ४७ हजार १ सय ३४ चुक्ता गरी निजका श्रीमान तारा नाथ खत्रीलाई बीमा दुर्घटना बिमा स्वरुपको बाँकी रकम १ लाख ७२ हजार ८६६ हस्तान्त्रण गरिएको हो । दुर्घटनामा परि असहायमिक निधन भएको प्रति संस्था हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।




