कोइलाको धुवाँले निस्सासिएर भारतमा एकै परिवारका तीन नेपालीको मृत्यु

धनगढी- भारतमा तीनजना नेपालीको ज्यान गएको छ। रोजगारीका सिलसिलामा भारतमा रहेका डोटीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु भएको हो।

डोटीको बडिकेदार गाउँपालिका–५ लाना घर भएर हाल कैलालीको गौरिगंगा नगरपालिका–१ गोप्का बस्ने एकै परिवारका तीन जनाको भारतको मेरठमा मृत्यु भएको बताइएको छ।

Navadurga sun

कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी र दुई वर्षकी छोरीको मृत्यु भएको हो।बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेको बताइएको छ। मृतकको घरमा दुई छोरी र एक छोरा रहेको आफन्तले जानकारी दिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...