

कञ्चनपुर– कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरेको हो ।



शिक्षा शाखा अधिकृत मञ्जु थापाले सुचना जारी गर्दै अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरूको बैठकबाट बिदा माग भएको र सोही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निणर्य गरेको बताएका छन् । चिसोका कारण विद्यार्थीहरूलाई विद्यालय आउन जान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदाको माग गरेको थियो ।








