अन्तर मावि स्तरिय खुल्ला भलिबल प्रतियोगिता शुरु

उद्घाटन खेल आयोजक र सुदूरपश्चिम माध्यमिक विद्यालय बिच

प्रकाशबहादुर बोहरा
अत्तरिया, १६ पुस- कैलालीको गोदावरी नगरपालीका वडा नं. २ उत्तरबनखेतमा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा अन्तर मावि स्तरिय खुल्ला भलिबल प्रतियोगिता शुरु गरिएको छ । उद्वार खबर राष्ट्रिय दैनिकले दोस्रो पटक शनिबार देखि दुई दिने अन्तर मावि स्तरिय भलिबल प्रतियोगिता सुरु गरिएको हो ।

Ganyapdhura gau

उक्त भलिबल प्रतियोगिता सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिता सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले उद्घाटन गरेका हुन् । प्रतियोगितामा ८ टिमको प्रतिष्पर्धा रहेको खेल आयोजकले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

प्रतियोगितामा आयोजक उद्धार खबर राष्ट्रिय दैनिक र सुदूरपश्चिम माध्यमिक विद्यालय बीचमा उद्घाटन खेल भएको छ । भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद रु. १० हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु. ५ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Dadeldhura hospital

त्यसैगरी प्रतियोगीतामा तृतिय स्थान हासिल गर्ने टिमले नगद रु. ३ हजारका साथै प्रमाणपत्र प्राप्त गर्ने छ ।

त्यस्तै उद्वार खबर राष्ट्रिय दैनिकका प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक नरेश नाथ योगीको सभापतित्व संचालन भएको कार्यक्रमको प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बम रहनु भएको थियो भने बिशिष्ट अतिथी गोदावरी नगरपालिकाका नगर उपप्रमुख शारदा देवी रोकाया रहेका थिइन ।

त्यस्तै उद्घाटन सत्रमा प्रमुख अतिथी रहनु भएका बमले खेलकुद राष्ट्र र समाजको लागि अति महत्वपूणर् रहेको बताए। खेलमा अनुशाासन र लगनशीलता यी दुई कुरा हुनु अति नै आवश्यक रहेको बताए । एउटा वडामा एउटा खेलकुद मैदान हुनुपर्ने बताउँदै यसमा आफु प्रतिवद्वता पूर्वक लागि परेको बमले बताए ।

त्यस्तै विशिष्ट अतिथी रहनु भएकी गोदावरी नगरपालिका उप-प्रमुख रोकायाले बालबालिकाको बिकास भनेको खेल माध्यम बाट हुने र खेलको माध्यमबाट आफ्नो नाम पनि चलाउन सकिन्छ खेलको माध्यमले देशको पहिचान गर्न पनि सकिन्छ । खेलले हामीलाई स्वास्थ्य राख्न समेत मद्दत गर्ने भएकोले खेलकूद एकदमै राम्रो भएको राकायाले बताइन । साथै उक्त खेलमा सहभागि सम्पूणर्लाई शुभकमाना समेत व्यक्त गरेका थिइन ।

त्यसैगरी कार्यक्रममा अत्तरिया सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टीकादत्त जाेशी, आराेग्य माेटर्स प्रा.लि.का रवन्द्र राेका मगर, सुदूरपश्चिम माध्यमिक विद्यालयका अध्यक्ष गणेश थापा, सुदूरपश्चिम माध्यमिक विद्यालयका शिक्षक प्रधानाध्यापम नगेन्द्र नाथ योगी लगायतकाे सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको संचालन गणेश नाथ योगीले गरेका थिए ।

Couple
Loading...