गोठलापानी बजारमा हर्न बजाउन निषेध

बैतडी- बैतडीमा पहिलोपटक हर्न बजाउन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षानिकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवाला सहितको सर्वपक्षीय छलफलबाट बैतडी जिल्लाका बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

बढ्दो ध्वनि प्रदूषण कम गर्न पहिलो चरणमा जिल्लाको सदरमुकामस्थित गोठलापानी बजार क्षेत्रमा सवारी हर्न बजाउन निषेध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। ध्वनि प्रदूषणमुक्त बनाउने उद्देश्यले शुरुमा गोठलापानी बजार क्षेत्रमा लागू गरिएको र विस्तारै जिल्ला अन्य बजारमा पनि लागू गरिने पन्थीको भनाइ छ।

Navadurga sun
Godawari sandesh

बजार क्षेत्रलाई ध्वनि प्रदूषणमुक्त बनाउन सर्वपक्षीय बैठकबाट हर्न निषेध गर्ने निर्णय गरिएको यसलाई पूर्ण रूपमा कार्यान्वयनका लागि सरोकारवाला सबैको सहयोगको खाँचो रहेको पन्थीले बताए। उनले भने, ‘ध्वनि प्रदूषण नियन्त्रण गर्न गोठलापानी बजार क्षेत्रमा हर्न बजाउन नपाइने निर्णय गरिएको छ। कार्यान्वयनमा सहयोग गर्न सबैलाई अपिल पनि गर्दछौं।’

पछिल्लो समय जिल्लाका बजार क्षेत्रमा सवारीसाधनको जथाभावी हर्नले ध्वनि प्रदूषण बढ्दै गएकाले यो निर्णयबाट कम हुने अपेक्षा गरिएको छ। कसैले नियमको पालना नगरेको पाइए तत्काल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

Couple
Loading...