गोदावरी नगरपालिका १० ले आफ्नो वडाका स्थानियलाई एन्टिजिन परिक्षण गर्ने


अत्तरिया, ९ जेठ- कैलाली जिल्लाको गोदावरी नगरपालिका १० नं. वडा कार्यालय खमौराले आफ्नो वडामा एन्टीजिन परिक्षण गर्ने भएको छ । उक्त वडाले आज एक सूचना जारी गर्दै जानकारी समेत गराएको छ ।



कोरोनाका सम्भावित चिन्ह तथा लक्षण जस्तै ज्वरो, खोकी, गन्ध वा स्वाद हराउनु, शरिर दुखाई, आख पाक्ने, घाँटी दुख्ने, पखाला, शरिमा राता विविरा आउने, टाउको दुख्ने र हातका औलाहरुको रंग बदलिने भएमा व्यक्तिहरुको परिवारको एक सदस्यको एन्टिजिन परिक्षण गर्ने वडा अध्यक्ष रविन्द्र शाही गुडडुले बताए ।


भोलि (सोमबार) दिउँसो १ बजे शहरी स्वास्थ क्लिनिक खमौरामा एन्टिजिन परिक्षण गर्ने समेत वडा अध्यक्ष शाहीले बताए ।




