स्वावलम्बी महिला साना किसान कृषि सहकारीको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

अत्तरिया– कैलालीको चुरे गाउँपालिका वडा नं.५ मा स्थित स्वावलम्बी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Ganyapdhura gau

सहकारी संस्थाका अध्यक्ष शान्ती बोहराको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी रहनु भएको थियो भने विशिष्ट अतिथिमा चुरे गाउँपालिका वडा नं. ५ अध्यक्ष वीर बहादुर धामी र सोही वडाका पूर्व अध्यक्ष नर बहादुर तामाङ रहनु भएको थियो ।

Navadurga sun

Dadhaldhura pur

शेयर पूँजी १३ लाख २८ हजार ९ सय रहेको संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा १६ लाख र शेयर सदस्य ४६० बाट ६०० जना बचत रकम ४४ लाख ७२ हजारबाट ५० लाख पुराउने लक्ष्य राखेको छ । यस सहकारीको कार्य क्षेत्र भित्र सबैलाई शेयर खरिद गर्नु केही सदस्यहरुको छुट भइरहेकोले छुट भएका महिलाहरुलाई संस्थामा आवद्ध गराउने लक्ष्य राखेको छ । सहकारीमा विभिन्न संस्थागत सदस्यहरु जस्तै खानेपानी सिचाई समुह विद्यालय र अन्य सार्वजनिक संस्थाहरुलाई आवद्ध गर्ने लक्ष्य रहेको छ।

आर्थिक बर्ष २०७८।०७९ सम्म विभिन्न शिर्षकमा गरी कुल कर्जा लगानी ५२ लाख ९५ हजार गरेको छ भने आर्थिक बर्ष २०७९।०८० सम्म ७० लाख सम्म ऋण लगानी गर्ने लक्ष्य राखेको छ भने असुली तर्पm १०० प्रतिशत लक्ष्य राखेको छ ।

सहकारीले आर्थिक बर्ष २०७८।०७९ अन्तीम सम्ममा कुल आम्दानी ८ लाख बत्तिस हजार तीन भएको जनाएको छ भने कुल खर्च ७ लाख पचास हजार ६ सय ४९ घटाई कुल नाफा ८१ हजार ३ सय ५४ भएको जनाएको छ । भने आर्थिक बर्ष २०७९।०८० मा कुल नाफा २ लाख गर्ने लक्ष्य राखिएको जनाएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य पानसरा धामीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन राधा भाटले गरेकी थिइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...