टी–२० आजदेखि, विजेतालाई ५५ लाख

काठमाडौं- नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा शनिबारदेखि सुरु हुने नेपाल टी—२० लिगको विजेताले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको तयारीबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशि सार्वजनिक गरिएको हो। यस्तै, उपविजेता, तेस्रो र चौथो हुने टिमले क्रमशः ३०, १० र ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ लाख र इमर्जिङ प्लेयरले १ लाख ८० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, प्लेयर अफ दी म्याचले ४० हजार प्राप्त गर्ने आयोजकले बताएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पछिल्ला केही दिनहरूमा धेरै अन्योलका बीच भोलिदेखि सुरु हुने बताएका छन्। ‘पछिल्ला समय धेरै अन्योल भए, नेपाल टी—२० लिग स्थगित–रद्द, हुने–नहुने अन्योलका बीच पनि हामीले सुरु गर्नेछौं,’ उनले भने।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘घोषणा गरेकै दिन सही नियतले खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर गरिएको निर्णय थियो। एसोसिएटले ठूलो चुनौती फेस गर्नुपर्ने रहेछ,’ उनले भने, ‘क्यानको साधारणसभाले आठ वर्षका लागि विदेशी कम्पनीसँग सम्झौता गर्ने भनेर सुरु गरेका छौं। कानुनी जटिलताले न काम न तयारी गर्न सकिएन। मुद्दा दायर छ, लिग हुनु हुँदैन भनेर।’

यद्यपि, विभिन्न बाधा व्यवधानका बाबजुद पनि प्रतियोगिता आयोजना हुने उनले बताए। ‘साथीहरूले यो प्रतियोगिता हुनु हुँदै भनेर मुद्दा हाल्न कसैले बाँकी राखेनन्। क्यानले अदालतमा छिटो टुंगो लगाइदिन ग¥र्यांैं,’ उनले भने, ‘पहिलो संस्करण हो, तयारी गर्न दिइएन्, अवरोहहरू आए, भने जस्तो तयारी भएन। तर, सबै विदेशी खेलाडी आइरहँदा, हामी तयार भइरहँदा लिग रोक्नु ठीक हो त रु होइन, यसले क्रिकेटलाई समाप्त पार्छ भनेर कानुनसम्मत अगाडि बढ््ने प्रतिबद्धता गरेका छौं।’

सेभेन थ्री स्पोट््र्सका अध्यक्ष जतिन आलुवालियाले यहाँसम्म आइपुग्न निकै कठिन यात्रा गर्नुपरेको बताए। ‘हामीले विश्वस्तरीय क्रिकेट आयोजना गर्न र सोही स्तरका खेलाडी, प्रशिक्षक ल्याउन खोजेका हौं,’ आलुवालियाले भने, ‘नेपालमा सम्भावना छ, भारतीय टिम १९९३ मा जस्तै छ। नेपाल एकदिन विश्वकप जित्न सक्ने टिम छ। तर, त्यसका लागि लगानी र भौतिक संरचना र व्यावसायिकता चाहिन्छ। त्यसैले हामी यहाँ छौं।’

नेपाल टी—२० बाट चार पक्ष लाभान्वित हुने आलुवालियाले बताएका थिए। खेलाडी, क्यान, अर्थतन्त्र र बोर्डलाई फाइदा हुने उनको भनाइ थियो। प्रतियोगिताको युरो स्पोट््र्सले प्रत्यक्ष प्रसारण गर्ने पनि उनले जानकारी दिए। फ्यानकोडले भारतमा इन्टरनेट र मोबाइल एपमा प्रत्यक्ष प्रसारण गर्नेछ। प्रतियोगिताको टाइटल स्पोन्सर वान्स एक्स ब्याट कम्पनी रहेको उनले बताए।

Loading...