चुरे ५ काे शुक्र माविमा एनआरएनएले स्थापना गरेको लाइब्रेरी हस्तान्तरण

अत्तरिया- कैलालीको चुरेगाउँपालिका ५ मा रहेको श्री शुक्र माध्यमिक विद्यालयमा एनआरएनए लाईब्रेरी स्थापना गरि हस्तान्तरण गरीएको छ ।

Ganyapdhura gau

शुक्रबार एक कार्यक्रमका बिच कैलाली गैर आवासीय नेपालीहरुको संस्था, एनआरएनएले र भक्त बि.बि. फर ह्युमानिटिको संयुक्त सहयोग र पहलमा उक्त लाईब्रेरी हस्तान्तरण गरिएको हो ।

Navadurga sun
Godawari sandesh

बि.सं २०१६ मा महान शहिद शुक्रराज शास्त्रीको नाममा स्थापित, श्री शुक्र माध्यमिक विद्यालयमा भक्त बि. बि. फर ह्युमानिटीका केन्द्रिय सल्लाहकार राज बहादुर चन्दले बिद्यालयका प्रधानाध्यापक र बिद्यालय संचालन समितीका अध्यक्ष द्वयलाई सयुंक्त रूपमा उक्त लाईब्रेरी हस्तान्तरण गरेका हुन् ।

Dadeldhura hospital

उक्त कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, लाइब्रेरी संचालन समितिका अध्यक्ष, बालकृष्ण सापकोटा, विद्यालयका प्राचार्य, शिक्षक लगायत विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको रहेको थियो । साेही कार्यक्रममा चन्दले भक्त बि बि फर ह्युमानिटी लगायतका संघ सँस्थाले बिद्यालयलाई एक थान फोल्डिङ्ग स्ट्रेचर समेत हस्तान्त्रण गरेको छ ।

कक्षाको नियमित पढाई बाहेकको अतिरिक्त समयमा बालबालिकाहरुको पुस्तक पढ्ने बानीको बिकास एवम् बौद्धिक बिकास लागि प्रदान गरिएको उक्त लाईब्रेरिमा उपलब्ध रहेको पुस्तकहरुको विभिन्न कथा, कविता, चित्र, व्यंग्यचित्र लगायतका सामग्रीहरु निकै उपयोगी हुनेछन्। एक हजार पाँच सय पुस्तकहरु विद्यालयको लाईब्रेरीमा राखिएको संस्थाका प्रतिनिधि राज बहादुर चन्दले बताए ।

एनआरएनए लाईब्रेरीले शुक्र माध्यमिक विद्यालयमा रहेका बालबालिकाको अध्ययनशिलता, बौद्धिक बिकास र पुस्तक पढाई प्रति रुची बढाउनेछ भन्ने विश्वाश लिएको एनआरएनए लाइब्रेरी प्रमुख तथा भक्त बि.बि. फर ह्युमानिटीका संरक्षक भक्त बहादुर भण्डारीले जानकारी दिए ।

यस अघि पनि कंचनपुरको बिणा माध्यमिक विद्यालय, डडेल्धुरा जिल्लाको बाल कल्याण माध्यामिक विद्यालय र घनघस्या माद्यामिक बिद्यालयमा एनआरएनए लाइब्रेरी स्थापना गरी सकेको उनले बताए ।

भक्त बि.बि. फर ह्युमानिटीको पहल र सकृयतामा एनआरएनएका अध्यक्ष बिनोद कुंवर, बिक्कु लामा (दुर्गम लाईब्रेरी अभियन्ता), हेल्प नेपाल नेट्वर्कले लाईब्रेरी स्थापनार्थ सहयोग जारी रहेकाे समेत बताए ।

Couple
Loading...