१२ करोडको कोकिनसहित दुई विदेशी महिला पक्राउ

काठमाडौं- अवैध लागूऔषध कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन्। ब्राजिलको रियो दि जेनिरियोबाट दुबई हुँदै फ्लाई दुबईको उडान नम्बर एफजेड ०५८७ बाट नेपाल आएकी युक्रेनकी ३२ वर्षीया डारिया एन्टोनेन्को र लागूऔषध लिन ब्यांककबाट मलेसिया हुँदै काठमाडौं आएकी थाइल्याण्डकी २५ वर्षीया एरिया फोनक पक्राउ परेका हुन्।

लागूऔषध कारोबारको अन्तर्राष्ट्रिय तस्करीको नियन्त्रण तथा अनुसन्धानका लागि क्रिमिनल प्रोफाइलिङ गर्ने क्रममा हवाईमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल भित्रिने शंकास्पद विदेशी नागरिकहरूको विशेष निगरानी गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका हुन्। उनीहरूको साथबाट साढे पाँच केजी अवैध लागूऔषध कोकिन फेला परेको छ। बरामद गरिएको कोकिनो मूल्य १२ करोड ९ लाख ६० हजार रुपैयाँ रहेको छ।

Navadurga sun

उनीहरूलाई काठमाडौं(२६ ठमेल स्थित एक होटलमा निजलाई फेला पारी निजले साथमा ल्याएको दुईवटा सुटकेसभित्र फल्स बटम बनाई लुकाई राखेको लागूऔषध कोकिन साढे ५ केजी तथा अमेरिकी डलर ३००, थाई भाट ४८०, नेपाली रुपैयाँ ५ हजार र निजको नामको युक्रेनी पासपोर्ट समेत बरामद गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...