धनगढीमा भुवा पर्व मनाइदै

धनगढी- बाजुरेली सेवा समाजले भोलि (शुक्रबार)देखि तीन दिनसम्म धनगढीमा भुवा पर्व मनाउने भएको छ । बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै धनगढीको खुलामञ्चमा तीन दिनसम्म भुवा पर्व मनाउने बाजुरेली सेवा समाजले जनाएको हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक एकताको महत्त्व बोकेको भुवा पर्व परापूर्व कालदेखि सुदूरपश्चिमका पहाडी जिल्ला, बाजुरा, बझाङ, अछाम, डोटीसहित कैलाली र कञ्चनपुरमा मनाइन्छ ।

Dadeldhura hospital

भोलि बिहान धनगढी खुलामञ्चमा सुरु हुने भुवा पर्व र भुवा नाचको उद्घाटन प्रदेश प्रमुख देवराज जोशीले गर्ने बाजुरेली सेवा समाजले जनाएको छ । भुवा पर्व हरेक वर्ष पुष औंसीदेखि पुर्णिमासम्म मनाइने पर्व हो । भुवा पर्वको आकर्षण भनेको भुवा नाच हो । भुवा पर्वमा खेलिने भुवा नाचमा पुरुषहरूले हातमा ढाल र तरबार लिएर बाजाको साथमा तरबार घुमाउदै नाच्ने गर्दछ्न । भुवा पर्वमा खेलिने भुवा नाचको सुरुवात ५ हजार वर्ष अगाडि रहिआएको मान्यता छ । महाभारत युद्धमा पाण्डव पक्षको विजयोत्सवका रुपमा भुवा नाच देखाउन थालिएको जनविश्वास गरिने बाजुरेली सेवा समाजका संरक्षक कुलबहादुर हमालले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

साथै भुवा पर्व र भुवा नाचलाई व्यक्तिमा वीरता र पराक्रम जगाउने अवसरको रुपमा बुझ्नुपर्ने समाजका सचीव रामचन्द्र जोशीले बताए । ‘वीरता, पराक्रम र भाइचाराको सम्बन्ध विकास र विस्तार गर्न भुवा पर्व मनाइने गरिन्छ,’ उनले भने, ‘भुवा नाचको महत्त्व उजागर गर्न र पर्वको संरक्षण गर्न धनगढीमा पनि भुवा पर्व मनाउन थालिएको हो ।’ बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशका विभिन्न जिल्लामा भुवा नाच खेल्ने गरिएको छ । भुवा नाचमा दुबो र अबिर लगाएर सबै मनमुटाव बिर्सेर एकतावद्ध हुँदै तरबार र ढाल घुमाउँदै घरघरमा गएर भुवा नाच देखाउने प्रचलन छ ।

भुवा पर्वको सुरुवात गरिने कार्यक्रम रहेको बाजुरेली सेवा समाजका अध्यक्ष चेतबहादुर थापाले बताए । पहाडमा गाउँका मुख्य मान्छे रजबार, मुखिया र जिम्वालको घरबाट भुवा नाच सुरु गर्ने प्रचलन भए पनि धनगढीमा भने खुलामञ्चमा प्रदेश प्रमुखको उपस्थितिमा भुवा नाच सुरू हुनेछ । ‘गाउँमा रजवार, मुखिया र जिम्वालको घरबाट भुवा नाच सुरु गर्ने परम्परा रहेको छ,’ उनले भने, ‘भुवा पर्वको अवसर पारेर खुलामञ्चमा भुवा नाच, भस्सो गीत गाउने र नाच्ने गरिन्छ तयारी गरेका छौँ।’ उनले भने ।

 

 

Loading...