क्रेट सेल्फ लब फर बेटर करियर उत्प्रेरणात्मक कार्यक्रम अत्तरियामा सम्पन्न

अत्तरिया– कैलालीको अत्तरियामा क्रेट सेल्फ लब फर बेटर करियर भन्ने बिषयमा गरिएको उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । कैलालीको अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा त्रिनयन नेपालले बुधबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

युवाहरु असल बाटोमा हिड्न र सकारात्मक विचारलाई आफ्नो व्यवहारिक जीवनमा लागू गर्न प्रेरित गर्ने लक्ष्यमा साथ उक्त उत्प्रेरणात्मक कार्यक्रम गरिएको आयोजक त्रिनयन नेपालले जनाएको छ ।

Navadurga sun

त्रिनयन नेपालका अध्यक्ष जय धामी, त्रिनयन नेपालका प्रमुख सल्लाहकार सुरेन्द्र प्रसाद भट्ट, त्रिनयन नेपाल सल्लाहकार समितिका संयोजक समाजसेवि युवा व्यवसायी प्रमोद अधिकारी, दुर्गा लक्ष्मी क्याम्पसका पुर्व क्याम्पस प्रमुख गिरिराज कडायत, प्लानेट भिटि कम्प्युटरका सञ्चालक पुष्कर शर्मा जोशी, लगायतको आतिथ्यमा गरिएको कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा गणेश ढुङ्गाना रहनु भएको थियो ।

प्रमुख प्रशिक्षक ढुङ्गानाले सकारात्मक चिन्तन, असल जीवनशैली, असल चरित्र निर्माण र व्यवहारका बारेमा रचनात्मक ढंगले युवा तथा विद्यार्थीहरुलाई प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रममा बोल्दै त्रिनयन नेपालका प्रमुख सल्लाहकार भट्टले विद्यार्थीहरु तथा युवाहरुमा सकारात्मक उर्जा अति आवश्यक भएकाले यस प्रकारका कार्यक्रम आवश्यक रहेको बताए । आत्मबल कसरी बढाउने र असहज परिस्थितिमा आफुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयका प्रमुख सल्लाहकार भट्टले जानकारी दिए ।

उक्त कार्यक्रममा करिब २०० भन्दा बढी युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । युवा तथा विद्यार्थीहरुले उक्त प्रेरणात्मक कार्यक्रमबाट दैनिक जीवनका लागि आवश्यक पर्ने उर्जाशील सकारात्मक सोँचसम्बन्धि ज्ञान हासिल गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

त्रिनयन नेपालले विगत ३ बर्ष यता सुदूरपश्चिमका विभिन्न ठाउँहरुमा क्षमता अभिबृद्धि गर्न युवाहरुका लागि फरक-फरक किसमिका प्रशिक्षण गराउदै आएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...