शिक्षकको रहस्यमय मृत्यु अनुसन्धान गर्न सीआईबीको टोली बैतडीमा

कञ्चनपुर- बैतडीमा शिक्षकको रहस्यमय मृत्यु भएको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली परिचालन भएको छ। सीआईबीका प्रहरी निरीक्षकको नेतृत्वमा ४ सदस्यीय टोलीले बैतडी पुगेर अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीको अनुसन्धान टोलीलाई सीआईबीले सघाउनेछ।

Ganyapdhura gau
Dadeldhura hospital

सीआईबी र जिल्लाको अनुसन्धान टोलीले संयुक्त रुपमा घटनाको गहन रुपमा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक योगेश खत्रीले बताए।सीआईबीका प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ, उनले भने, विद्यालयका शिक्षक, विद्यार्थीसँग सोधपुछ भइरहेको छ। पाटन नगरपालिका- ६ स्थित कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्ट गत शनिबार दिउँसो विद्यालयनजिकै मृत अवस्थामा भेटिएका थिए। उनी सुर्नया गाउँपालिका- २ ग्वानीका बासिन्दा थिए।

Navadurga sun
Godawari sandesh

वि.स. २०४८ सालदेखि सो विद्यालयमा अध्यापन गरिरहेका विष्ट विद्यालयको छात्रावासमै बस्ने गरेका थिए। घटना अनुसन्धानका लागि प्रहरीले विष्टले अध्यापन गर्ने विद्यालयका ११ जना शिक्षक र विद्यार्थी नियन्त्रणमा लिएको छ। उनीहरुसँग प्रहरीले सोधपुछ गरिरहेको छ। शुक्रबार अपराह्न ४ बजेतिर विद्यालयमा नयाँ कम्प्युटर शिक्षक नियुक्ति भएको खुसियालीमा विद्यालयका शिक्षक, कर्मचारीहरुले खानपिन गरेको खुलेको छ।

प्रहरीका अनुसार विष्ट पनि सो कार्यक्रममा सहभागी भएका थिए। त्यसपछि अर्को दिन दिउँसो उनी छात्रवासनजिकै मृत भेटिएका हुन्।घटनापछि आक्रोशित स्थानीयले सत्यतथ्य छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आन्दोलन गरेका छन्। उनीहरूले शिक्षक विष्टका लागि न्याय माग्दै बुधबार पनि सडक बन्द पारेका छन्।

Couple
Loading...