पौष १४ गते देखी भादा महोत्सव २०७९ सञ्चालन हुने

धनगढी- धनगढी उप-महानगरपालीका वडा नं. १६ स्थीत थारु होमस्टे गाउं भादा महोत्सव २०७९ सञ्चालन हुने भएको छ । थारु होमस्टे गाउं भादा पर्यटन विकास तथा व्यवस्थापन समितीको आयोजनामा उक्त महोत्सव लाग्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

‘संरक्षण सम्बद्धन के लाग सक्कुजन करी काम, संस्कृति भेषभुषा राखी हमार पहिचान’ भन्ने मुल नाराका साथ धनगढी उपमहानगरपालिका वडा नं. १६ भादा गाउं लस्थीत दिपेन्द्र चारपाते माध्यमिक विद्यालयको खेलमैदानमा हुने लागेको आयोजकले जनाएको छ । उक्त महोत्सव पौष १४ गतेदेखी १७ गतेसम्म लाग्ने भएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

थारु समुदायको परम्परा, संस्कृती, खानपान, भेषभुषा, प्राकृतीक सम्पदाको सदुपयोग, स्थानिय स्वरोजगारको अवसर, राट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म पहिचान पुर्‍याउने उद्देश्यले महोत्सवका आयोजना गरिएको थारु होमस्टे गाउं भादा पर्यटन विकास तथा व्यवसथापन समिती संयोजक लक्ष्मी नारायण चौधरीले बताए ।

आगन्तुक पर्यटनलाई मध्यनजर गर्दै २०६८ सालदेखी थारु होमस्टेमा महोत्सव सञ्चालन भईरहेको छ । महोत्सवमा थारु समुदायमा पकाईने खानपानका परिकार, थारु संग्रालय, थारु देउथानको अवलोकन र गाउंको अवलोकन जस्ता मुख्य आर्कषकहरु रहेका छन् । कोरोना महामारीले केही वर्षदेखी महोत्सवमा प्रभाव परेकोमा यस वर्ष देखि महोत्सव निरन्तर सञ्चालनमा आउने भएको छ । संस्कृतीको उत्थान र प्रचारप्रसारका लागी वडा कार्यलयबाट २ लाख बजेट समेत बिनियोजन गरिएको छ ।

हराउंदै गईरहेको संस्कृतीलाई जगेर्ना गर्न यस्ता खालका सांस्कृतीक कार्यक्रमहरुको आयोजन गर्न नितान्त आवश्यक रहेको धनगढी उप-महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामलाल चौधरीले बताए । जस्ले गर्दा पर्यटन क्षेत्रको विकास र सम्बद्र्धनमा निकै टेवा पुग्ने अनुमान गर्न सकिन्छ । मेलामा प्रत्येक दिन स्थानिय तथा राष्ट्रिय कलाकारहरुबाट नाचगान, दैनिक थारु खानपान, थारु सीप कला तथा भेषभुषा, थारु देउथानको अवलोकन भ्रमण, थारु संग्राहलाय अवलोकन, रमाईलो मेला काठेपिङ्ग शयेर, खुल्ला भलिवल प्रतियोगिता हुने जनाइएको छ । महोत्सवमा ५५ हजार भन्दा बढीले अवलोकन गर्ने जनाइएको छ ।

Loading...