शिक्षक मृत्यु प्रकरण : पाटनका विद्यालय बन्द

बैतडी- बैतडीको पाटन नगरपालिका-६ स्थित कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्टको मृत्यु शंकास्पद रहेको भन्दै पाटनका सबै विद्यालय आज बन्द गरिएको छ। बिष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघ संगठनहरूले विद्यालय बन्दको घोषणा गरेका हुन्।

शिक्षक बिष्ट मृत फेला परेको ३ दिन भइसक्दा समेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो। शिक्षकका पेशागत संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक बिष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबिन र दोषी पत्ता लगाउनुपर्नेमा जोड दिइएको छ।

Navadurga sun

गएको शनिबार सुर्नया गाउँपालिका वडा नं २ घर भएका शिक्षक धनबहादुर बिष्ट कृष्ण मावि छात्रावासपछाडि मृत अवस्थामा फेला परेका थिए। विष्टको मुख र शरीरमा चोट रहेकोले हत्या भएको भन्दै परिवारजनले अहिलेसम्म शव बुझेका छैनन्।

यता बैतडीका निमित्त प्रहरी प्रमुख रहेका प्रहरी निरीक्षक योगेश खत्रीले घटनाको सूक्ष्म अनुसन्धान थालिएको बताए। शनिबारदेखि अनुसन्धानका लागि खटिएको, अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ पनि गरिरहेको र अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा खुलाउन नमिल्ने उनको भनाइ छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...