


अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले नदि खोलाबाट नदिजन्य पदार्थ बिक्री शुरु गरेको छ । नगरपालिकाले भोली (मंगलबार) देखि बिहान ८ बजेदेखि सुरु गरेको हो । नगरपालिका क्षेत्रमा रहेका खुटिया, खैराना, गोदावरी नदीबाट नदिजन्य पदार्थ बिक्री कार्य सुरु गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।


नदीजन्य पदार्थ ढुवानीकर्ताले सूर्योदय देखि सूर्यास्तसम्म मात्र नदिजन्य पदार्थ ढुवानी गर्न पाउने छ । यसरी ढुवानी गर्दा गोदावरी नगरपालिकालाई बिक्री शुल्क तिरेर मात्र ढुवानी गर्न पाउने सूचनामा जनाइएको छ ।



यदि कसैले नगरपालिकाको बिक्री शुल्क तिरेको रसिद नभएको नदिजन्य पदार्थ बोकेको गाडी दिनमा भेटिएमा १० हजार र रातीमा भेटिए १५ हजार जरिवाना समेत गरिएको उक्त सूचनामा जनाएको छ ।
जारी सूचनाः






