धनगढी- कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले राठौरको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरेको हो ।






राठौर गत बैशाखमा कैलाली प्रहरीको प्रमुख भएर आएका थिए । उनको ठाउँमा कैलाली प्रहरीको प्रमुखका रुपमा देवेन्द्रबहादुर पाललाई पठाइएको छ ।





पाल नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले २३ जना एसपीको काज सरुवा र आठ जना जिल्ला प्रमुख फेर्दा कैलालीको कमाण्ड पनि हेरफेर गरेको हो ।




