सेती अस्पतालको प्रयोगशालामा १००१ को नमुना परिक्षण गर्दा ५३८ जना कोरोना पोजेटिभ, थप ४ जनाको मृत्यु

Dadeldhura hospital

धनगढी, ८ जेठ- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ५३८ जनामा कोरोना पुष्टि भएको छ । शनिवार १००१ जनाको नमुना परिक्षण गर्दा ५३८ जना कोरोना पोजेटिभ भाइरस संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार ४६३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।

त्यसैगरी अस्पतालमा १०३ जनाको उपचार भईरहेको जनाएको छ । अस्पतालमा आइसीयुमा १६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १० जना कोरोनामुक्त भएका छन् भने थप ९ जना अस्पतालमा भर्ना भएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Loading...