बैतडीमा शिक्षक मृत फेला, हत्या गरिएको आंशका

बैतडी- बैतडीको पाटन नगरपालिका- ६ को कृष्ण माध्यामिक विद्यालयका शिक्षक धनबहदुर बिष्ट मृत फेला परेका छन्। सुर्नया गाउँपालिका २ ग्वानी घर भएका ५५ वर्षीय शिक्षक बिष्ट आफूले अध्यापन गराउँदै आएको कृष्ण माविको छात्रबास नजिकै झाडीमा मृत फेला परेका हुन्। शनिबार दिउँसो १२ बजे स्थानीयहरुले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Ganyapdhura gau
Dadeldhura hospital

अहिले शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रको शवगृहमा राखिएको छ । हत्या गरिएको भन्दै मृतकका परिवारले निष्पक्ष अनुसन्धान नभएसम्म शव नउठाउने अडान राखेका छन् । शिक्षक बिष्टको शरीरमा चोट देखिएका कारण हत्या गरिएको परिवारको आशंका छ ।

Navadurga sun
Godawari sandesh

‘अनुहारमा चोट छ, दाँत र नाक भाचिएको छ, छातीमा समेत चोट छ, यो हत्या नै हो,आफन्त लोकेन्द्र बिष्टले भने । शरीरको अगाडितिर मात्रै चोट रहेकाले यो हत्या गरिएको सहजै भन्न सकिने उनको दाबी छ । प्रहरीमा हत्या भएको आशंकामा निवेदन दिइएको र अनुसन्धान अघि नबढेसम्म शव नबुझ्ने आफन्तले अडान राखेका छन् ।

घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । शिक्षक बिष्ट २०४८ सालदेखि कृष्ण माविमा अध्यापन गराउँदै आएका थिए । सोमबार बिहानैदेखि पाटन बहुमुखी क्याम्पस र कृष्ण माविका विद्यार्थीहरु आन्दोलित बनेका छन् । शिक्षक बिष्टको हत्या गरिएको भन्दै न्यायको माग गर्दै उनीहरु आन्दोलित बनेका हुन् ।

Couple
Loading...