धनगढीमा अपाङ्गता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको धनगढीमा राष्ट्रिय अपाङ्गता सम्बन्धी निजामती विधेयक ऐन २०७८ का बारेमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले आयोजना गरेको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय तथा सहकार्य रहेको थियो ।

Navadurga sun

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदिप वेस्त्रा ज्युले निजामती सेवा ऐन सम्वधी प्रस्तुतिकरण गरेका थिए। कार्यक्रममा सरोकारवालाहरुले निजामती सेवा विधेयकमा ग र घ बर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई अनिवार्य समेटन ऐन संशोधन गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रादेशिक अपाङ्गता समन्वय समितिमा १० प्रकारका अपाङ्गताको सहभागीता हुनुको साथै उपाध्यक्ष सहितको व्यवस्था हुनुपर्ने माग गरेका थिए । त्यस्तै बन रक्षकको प्रयोगात्मकमा साङ्ग व्यक्ति संग प्रतिस्पर्धा गराउने व्यवस्थालाई संशोधन गरिनुपर्ने लगायतका प्रदेश स्तरमा बनेका कानुनमा रहेर समीक्षा भएको थियो । यस्ता कार्यक्रम पटक-पटक गरि सरोकारवालाहरुको ध्यानाकर्षण गराउन जरुरी रहेको अपाङ्गता भएका व्यक्तिको भनाई रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव गणेश बहादुर सिह प्रमुख अतिथी रहेका थिए । त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निवर्तमान सचिव भावुक जग थापा, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव कृष्ण प्रसाद नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदिप वेस्त्रा, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरि प्रशाद ज्ञवाली लगायत सुदूरपश्चिम प्रदेशका सबै मन्त्रालयका कानुन अधिकृत, शाखा अधिकृत, उप सचिवहरु र अपाङ्गता अधिकारकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...