चुरे गाउँपालिकामा जग्गा नापजाँचको तयारी, वडा नं.५ मा कन्ट्रोल प्वाइन्ट राखियो

अत्तरिया- चुरे गाउँपालिकाले जग्गा नापजाँचको तयारी थालेको छ । गाउँपालिकामा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको तयारी थालेको हो ।

जग्गा नापजाँचको लागि गाउँपालिकाले चुरेको वडा नम्बर ५ खानिडाँडाँबाट आज (आईतबार) कन्ट्रोल प्वाईन्ट राख्ने कामको शुरुवात गरेको छ । चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले नापजाँचको लागि वडामा कन्ट्रोल प्वाईन्ट राख्ने कामको उद्घाटन गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

Dadeldhura hospital

कन्ट्रोल प्वाईन्टको आधारमा जग्गा नापजाँच गरिने भएकाले आइतबारबाट कन्ट्रोल प्वाईन्ट राख्ने कामको शुरुवात गरिएको अध्यक्ष बोगटीले बताए ।

‘गाउँपालिकाले पुसको महिना सम्म कन्ट्रोल प्वाइन्ट राखेर सक्ने र माघ महिनाबाट जग्गा नापनक्शा गरी सक्ने ।’ अध्यक्ष बोगटीले भने, ‘जेठ महिना सम्म चुरेको हरेक वडामा नापीको काम सिध्याउने हाम्रो लक्ष्य रहेको छ । धेरैको जग्गा जमिन भएर पनि सुकुम्वासीको रुपमा बस्नु परेको छ ।’ चुरे गाउँपालिकामा धेरै मानिसहरु अव्यवस्थीत रुपमा बस्नु परेकोले नापी लगतै उनिहरुको उचित व्यवस्था हुने गाउँपालिका अध्यक्ष बोगटीले बताए ।

जग्गा नापजाँचका लागि खटिएको नापी टोलीलाई सघाउन र सहकार्य गर्न चुरेका स्थानियलाई उनले आग्रह गरेका छन् । उनले चुरे सबैको सहकार्य र समन्वयकै कारण चुरेमा नापजाँचको काम शुरु गर्न सम्भव भएको बताए । चुरे गाउँपालिकामा ६ ओटा वडा रहेका छन् ।

Loading...