बैतडीमा शिक्षक मृत अवस्थामा फेला

बैतडी– बैतडीको पाटनमा एकजना शिक्षक मृत फेला परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका-२ घर भई कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

अन्दाजी ५५ वर्षीय बिष्ट कृष्ण माविको छात्रवासपछाडि रहेको भिरालो ठाउँमा मृत अवस्थामा शनिबार दिउँसो फेला परेका इलाका प्रहरी कार्यालय पाटनका वरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। पाटनमा बहुमुखी क्याम्पसमा समेत पढाउँदै आएका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन्। घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

Couple
Loading...