प्रदेश प्रमुख समक्ष निर्वाचन परिणाम प्रतिवेदन पेश

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी समक्ष निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचन परिणाम प्रतिवेदन पेश गरेको छ । धनगढी स्थित प्रदेश प्रमुखको कार्यालयमा आज एक कार्यक्रमका बिच प्रदेश प्रमुख जोशी समक्ष निर्वाचन आयुक्त डा जानकी कुमारी तुलाधरले प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणाम सहितको प्रतिवेदन पेश गरे ।

त्यस क्रममा निर्वाचन आयुक्त तुलाधरले सुदूरपश्चिम प्रदेश सभा तर्फ ५३ जना निर्वाचित हुनु भएको जानकारी दिए । जसमा पुरुष ३५ जना ६६ दशमलव ०३ प्रतिशत र महिला १८ जना ३३ दशमलव ९७ प्रतिशत निर्वाचित हुनु भएको उनले बताए । प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ३२ जना र समानुपातिक तर्फ २१ जना निर्वाचित भएको यस प्रदेश सभामा ६ राजनैतिक दलको प्रतिनिधित्व भएको छ ।

Navadurga sun

आयोगका अनुसार सुदूरपश्चिम प्रदेश सभामा काँग्रेसका १९ जना, एमाले १० जना, माओवादी केन्द्र ११ जना, नागरिक उन्मुक्ति ७ जना, नेकपा एस ४ जना, राप्रपा १ जना र स्वतन्त्र १ जना सदस्य निर्वाचित हुनु भएको छ । प्रदेश सभा निर्वाचनमा भाग लिएका दलमध्ये यस प्रदेशमा २८ राजनैतिक दलका १ सय ९ जना उम्मेदवारको धरौटी जफत भएको बताइएको छ ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीगण, उच्च पदस्थ सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...