मानव सेवा आश्रमको भवन निर्माणका लागि धनगढीमा भोली नेपथ्यको टिमले कन्सर्ट आयोजना गर्दै

कन्सर्ट धनगढीको रंगशालामा आईतबार बेलुका ४ देखि सुरु हुने

अत्तरिया- कैलालीमा आश्रम निर्माणका लागि कन्सर्टको आयोजना गर्न लागिएको छ । जिल्लाको धनगढीमा रहेको मानव सेवा आश्रमको भवन निर्माणका लागि भोली (आइतबार) नेपथ्यको टिमले कन्सर्ट आयोजना गर्न लागेको हो ।

धनगढीको रंगशालामा मानवताका लागि सांगीतिक यात्रा भन्ने मूल नारा सहित बेलुका ४ देखि ८ बजेसम्म कन्सर्ट आयोजना हुने जनाइएको छ । उक्त हुन लागेको कन्सर्टमा सहभागी हुन सर्वसाधारणलाई १ हजार र विद्यार्थीलाई ५ सय रुपैया शुल्क तोकिएको छ । धनगढीमा कन्सर्ट आयोजना भएसँगै सुर्खेत, बुटबल, पोखरा र अन्त्यमा काठमाण्डौमा पनि कन्सर्ट आयोजना हुने मानव सेवा आश्रमका सदस्य नवराज केसीले बताए । कन्सर्टमा सहभागीताका लागि टिकट बुकिङ्ग गर्नुपर्ने र अत्तरियामा टिकट बुकिङका लागि त्रिनयन नेपालको कार्यालयलाई जिम्मेवारी दिईएको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

त्रिनयन नेपालका अध्यक्ष जय बहादुर धामीले नेपथ्यको टिमले सामाजिक कार्यलाई प्रोत्साहन गरिरहेकाले आफुहरुले पनि सहयोग गरेको बताए । मानव सेवा आश्रमले असहाय, अनाथ एवम् अपांगता भएका व्यक्तिहरुको सेवा गर्दै आईरहेको बताउदै उनले त्यसको व्यवस्थापनको जिम्मेवारी समाजका सबै जिम्मेवार नागरिकको भएको बताए । उनले अत्तरियाबाट त्रिनयन नेपालले शुक्रबार सम्म करिब ५ सय जति टिकटहरु बिक्रि गरिसकेको बताए ।

मानव सेवा आश्रमको धनगढी उपमहानगरपालिका वडा नं. १५ उर्मामा आफ्नै भवन बनिरहेका छन । आश्रमले ३/३ कोठाका ३ वटा भवनहरु निर्माण गरिरहेको र उक्त भवनहरुको निर्माणमा नेपथ्यको टिमले कन्सर्ट आयोजना गर्न लागेको मानव सेवा आश्रम धनगढीका अभिभावक कमल ढाटले बताए ।

Dadeldhura hospital

कन्सर्ट आयोजना गरेर मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग पुर्‍याईरहेकाको भन्दै उनले नेपथ्यको टिमलाई धन्यवाद ज्ञापन गरे । ‘अहिले सम्म भाडाको घरमा बस्दै आईरहेका छौ, वार्षिक ६० हजार भन्दा बढी भाँडा तिर्नुपर्दछ’ उनले भने ‘सहयोगीदाताहरुबाटै चलेको संस्थामा आम्दानीको स्रोत छैन, अब आफ्नै भवन भए उक्त रकम पनि बचत हुनेछ ।’ उनले भवन निर्माणका लागी वडा नं. १५ मै रहेको शिवमन्दिर धार्मिक सामदायीक बनले २ विगा जमिन उपलब्ध गराएको बताए ।

‘वडाका सबै वडाबासीहरु, वडा कार्यालय र सामुदायीक बनका पदाधिकारीहरुको सहयोगमा जमिन पाएका छौ’ उनले भने ‘सो जमिनमा भवन निर्माणको काम भैरहेको छ, त्यसको पुणर्ताका लागि नेपथ्यको टिमले कन्सर्ट आयोजना गर्न लागेको हो ।’ उनले अघिल्लो वर्ष प्रदेश सरकारले ४० लाख रुपैया भवन निर्माणको लागी सहयोग गरेको बताए । त्यसका साथै अन्य विभिन्न सहयोगीदाताहरुले पनि सहयोग गरेका कारण भवन निर्माणको काम अन्तिम चरणमा पुगिरहेको उनले बताए ।

मानसिक रुपमा अशक्त, घरबार बिहिन भएका र अपांगता भएका मानिसहरुलाई आश्रय दिने काम मानव सेवा आश्रमले गर्दै आईरहेको छ । त्यतिमात्रै नभई सडकमा बेवारिसे अवस्थामा फेला परेका मानिसहरुलाई पनि आश्रय दिदै आईरहेको ढाटले बताए । उनका अनुसार हाल उक्त आश्रममा ५५ जना मानिसहरु रहेका छन ।

आश्रममा रहेका मानिसहरुको गाँस, बास र कपासमा सहजता होस भन्दै पछिल्लो समय विभिन्न व्यक्तिहरुले कुनै विशेष दिनको अवसरमा आश्रमलाई सहयोग गर्दै आईरहेका छन ।

नेपथ्यले देशका विभिन्न १० स्थानमा कन्सर्ट आयोजना गरि रहेको छ । मानव सेवा आश्रमका सदस्य नवराज केसीले नेपथ्यले विराटनगर, विरगंज, हेटौडा, चितवन र नेपालगञ्जमा कन्सर्ट आयोजना गरिसकेको बताए । उनले देशभर रहेका आश्रमहरुका भवन निर्माणका लागि सहयोग गर्ने उद्देश्यका साथ नेपथ्य टिमले ‘मानवताका लागि नेपथ्य सांगितिक यात्रा २०७९’ आयोजना गरि रहेको बताए ।

Loading...