सुदूरपश्चिम महोत्सबको अवधी ३ दिन थप गरियो

धनगढी– मंसिर २२ गते देखी पुष २ गते सम्म सञ्चालन भैरहेको सुदूरपश्चिम महोत्सवको अवधी ३ दिन थप भएको छ । धनगढी १ पशुपती टोलमा सञ्चालन भैरहेको सुदूरपश्चिम महोत्सवमा दर्शकहरुको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधी ३ दिन थप भएको आयोजकले जनाएको छ । अब महोत्सब पुष ५ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

त्यस्तै कैलाली उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा बिहीबार आठौं दिन लोक प्रिय गायक प्रमोद खरेल, चेतन बोहरा लगायतका (स्थानिय तथा राष्ट्रिय) कलाकारले बेजोड प्रस्तुती राखेका थिए । भोलि (शुक्रबार) का आर्कषणको रुपमा खुमन अधिकारी, चक्र बम र शितल शर्माको बेजोड प्रस्तुती रहने कैलाली उद्योग वाणिज्य संघका प्रचार प्रसार सँयोजक मनोज अग्रवालले जानकारी दिए ।

Navadurga sun

महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ ।

ADD Khali jpg
Loading...