कञ्चनपुरमा बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

धनगढी- कञ्चनपुरमा मानसिक समस्यामा रहेकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मानसिक रूपमा अशक्त १७ वर्षीया किशोरीलाई ७ महिनासम्म बलात्कार गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय साधुराम राना, २२ वर्षीय दीपक बोट र ३३ वर्षीय हरिशंकर बोट छन्। उनीहरूमाथि जिल्ला अदालत कञ्चनपुरमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। किशोरी गर्भवती भएपछि बलात्कार भएकोबारे खुलेको हो।

Navadurga sun

कञ्चनपुरको बेलौरी नगरपालिका-२ भैंसोरीस्थित ९ कक्षामा अध्ययनरत किशोरीमाथि जेठदेखि पटक पटक बलात्कार भएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक भण्डारीले बताए। आइतबार गरिएको स्वास्थ्य जाँचमा किशोरी गर्भवती रहेको पुष्टि भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार किशोरीको गर्भमा १८ हप्ताको बच्चा रहेको पुष्टि भएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...