हुस्सुका कारण तराईका उडान प्रभावित

काठमाडौं- हुस्सुका कारण कम भिजिविलिटी हुँदा तराईका विमानस्थलको उडान प्रभावित भएको छ । कम्पनीहरुले यसबारे यात्रुलाई सूचित गरेका छन् ।

Dadeldhura hospital

यति एयरलाइन्सले एक सूचना निकाल्दै तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण बिराटनगर, भैरहवा, नेपालगञ्ज, सिमरा, जनकपुरलगायत विमानस्थल नखुलेको जानकारी दिएको छ । भद्रपुर र पोखरामात्र नियमित उडान भइरहेको कम्पनीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रभावित विमानस्थलमा उडान गर्ने यात्रुले विमानस्थल आउनुअघि कम्पनीमा सम्पर्क भनिएको छ । उता, बुद्ध एयरले समेत यसबारे यात्रुलाई सूचित गराएको छ । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, तुम्लिङटारबाहेक अन्य विमानस्थलको उडान प्रभावित भएको बुद्धले जनाएको छ ।

 

Loading...