बैतडीमा अन्तरपालिका भलिबल : मेलौली फाइनलमा

बैतड – बैतडीको मेलौली नगरपालिका सुन्दरखालीमा जारी अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनल खेलमा पाटन नगरपालिकालाई ३/० को सोझो सेटमा पराजित गर्दै मेलौलीले फाइनलमा स्थान सुरक्षित गरेको हो। मेलौलीले अब उपाधिका लागि दशरथचन्द नगरपालिकासँग खेल्नेछ।

Ganyapdhura gau
Dadeldhura hospital

म्यानेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मंसिर २५ गते शुरू भएको प्रतियोगितामा १० टोलीको सहभागी रहेको छ। दोगडाकेदार गाउँपालिकाबाहेक अन्य ९ पालिका र एक आयोजकको टोलीले सहभागिता जनाएका थिए।

Navadurga sun
Godawari sandesh

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार नगदसहित ट्रफी, द्वितिय पुरस्कार ७५ हजार नगदसहित ट्रफी प्रदान गरिने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए।

Couple
Loading...