कैलालीको अत्तरियामा जेसिज सप्ताह सुरु

अत्तरिया- कैलालीको अत्तरियामा जेसिज सप्ताह सुरु भएको छ । शनिबारबाट अत्तरिया जेसिज वर्ष २०२२ र अत्तरिया जुनियर जेसिजले संयुक्त रुपमा सप्ताहको सुरुवात गरेका छन । केन्द्रिय कार्ययोजना अनुसार जेसिजले प्रत्येक वर्ष जेसिज सप्ताहको आयोजना गर्ने गरेकोमा यस वर्ष पनि आयोजना गरिएको हो।

शनिबार एक औपचारीक कार्यक्रमका बिच जेसिज सप्ताहको उद्घाटन गरिएको छ । अत्तरिया जेसिज वर्ष २०२२ का अध्यक्ष हरि कडायतको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का कार्यवाहक वडाध्यक्ष डबल बहादुर साउँद रहेका थिए । कार्यक्रममा बोल्दै साउँदले युवाहरुको व्यक्तित्व र नेतृत्व विकाशको काम जेसिजले गर्दै आएको बताए ।

Navadurga sun

उनले देशमा परिवर्तनको खाँचो रहेको र देशको परिवर्तनको संवाहकको रुपमा युवाहरुले जिम्मेवारी लिन जरुरी रहेको बताए । उनले पछिल्लो समय युवाहरु कुलतमा फसिरहेकाले त्यसको अन्त्यका लागी पनि जेसिजले पहल चाल्नुपर्ने बताए ।

अत्तरिया जेसिज वर्ष २०२२ का अध्यक्ष कडायतले जेसिजलाई समाजसँग जोड्नका लागी सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएको बताए । उनले एक हप्तासम्म विभिन्न सामाजिक कार्यहरु जेसिजले आयोजना गर्ने बताए । उनले सामाजिक कार्यअन्तरगत जेसिज सप्ताहमा ट्राफिक सचेतना, स्वास्थ्य शिविर, लागुऔषध दुव्र्यशनी सम्बन्धी सचेतना लगायतका कार्यक्रमहरु रहेको बताए ।

जेसिजले सप्ताहव्यापी कार्यक्रमअन्र्तगत शनिबार नै मैत्रिपुणर् क्रिकेट प्रतियोगिता पनि आयोजना गरिएको छ । अत्तरिया जेसिज वर्ष २०२२ र अत्तरिया जुनियर जेसिसका पदाधिकारीहरुबिच भएको मैत्रिपुणर् प्रतियोगीतामा अत्तीरया जुनियर जेसिज विजयी भएको छ ।

ADD Khali jpg
Loading...