अत्तरिया- ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यसै अवसर पारेर शनिबार अपाङ्ग महासंघ नेपालको आयोजना कानुनी व्यवस्थाको कार्यान्वयनका लागि जनचेतनामुलक सार्वजनिक यातायात स्टिकर टाँस कार्यक्रम सम्पन्न भएको हो ।










उक्त कार्यक्रम कैलालीको धनगढी र अत्तरियामा सम्पन्न गरिएको छ । धनगढी बसपार्क र अत्तरिया बसपार्कमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय अत्तरिया र क्षेत्रिय ट्राफिक कार्यालय अत्तरियाको सहयोगमा सिट आरक्षण, भाडा दरमा ५०% छुट र सम्मानजनक भाषाको प्रयोग सम्वन्धी लेखियको ३०० वटा स्टिकर सार्वजनिक यातायातमा टास गरिएको छ ।



धनगढीको बसपार्कमा प्रमुख जिल्ला अधिकारी किरण थापाले रिवन काटेर काठमाडौं चल्ने रात्रि बसमा स्टिकर टासेर कार्यक्रमको शुभारम्भ गरेका हुन ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रमुख हरि प्रशाद ज्ञवाली, आन्तरिक कानुन मन्त्रालयका सचिव, युएनडीपी सुदूरपश्चिम प्रदेश प्रमुख वैजयन्ती गिरी, गैसस महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी खनाल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, अपाङ्गता भएका व्यक्तिहरु लगायतको महत्वपूर्ण उपस्थितिमा प्रभावकारी र सन्देशमुलक ढंगबाट कार्यक्रमको समापन गरिएको थियो ।





