मतदातालाई धन्यवाद दिने कार्यक्रम सम्पन्न

दार्चुला- नेकपा (एमाले) दार्चुलाले जिल्लाका नौँ वटै स्थानीय तहमा मतदातालाई धन्यवाद दिने तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मतदातालाई धन्यवाद अभियान अन्तर्गत शनिबार मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकामा कार्यक्रम सम्पन्न भएको एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए ।

Ganyapdhura gau
Dadhaldhura pur

मङ्सिर २० गतेदेखि सुरु भएको अभियान अन्तर्गत सबै स्थानीय तहमा पुगेर कार्यकर्ता भेटघाट तथा मतदाता धन्यवाद सभाको आयोजना गरिएको उनले बताए। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानलाई साथ दिँदै एमालेलाई माया गरी मतदान गर्नु हुने पालिकाका मतदातालाई भेटेर सामूहिक रूपमा धन्यवाद ज्ञापन गरिएको प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवम् एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले बताए ।

Navadurga sun

प्राविधिक कारणले पराजित भए पनि सम्मानित मत पाएकाले मतदातालाई धन्यवाद ज्ञापन गर्न भेलाको आयोजना गरिएको उनले बताए। दार्चुलामा प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

धन्यवाद कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना, प्रदेश सभा उम्मेदवार एवम् प्रदेश कमिटी सचिवालय सदस्य रामदत्त जोशी, हरदेब जोशी, जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामी लगायतको सहभागिता थियो । कार्यक्रममा चुनावी समीक्षा र मतदातालाई धन्यवाद ज्ञापन गरिएको जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीले बताए । मङ्सिर २५ गते आइतबार जिल्ला कमिटी बैठक बस्ने उनले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...